काठमाडौं, ८ असार – प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सब सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । अशिष्ट र असभ्य भाषामा कुनै व्यक्ति, संघसंस्थाबारे आधार, प्रमाणविनाका तथ्यहीन सामग्री राख्दा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित भई सोहीअनुसार कारवाही हुने व्यवस्था रहेको अवगत गराइएको छ ।
सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपाली स्वदेश फिर्ता (डिपोर्ट) हुन सक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेकाले सो कुरालाई ध्यानमा राख्नसञ्चारकर्मीलगायत सबैमा काउन्सिलले अनुरोध गरेको छ ।
काउन्सिलले विद्युतीय सञ्चारमाध्यम स्वअनुगमनलाई प्रविधियुक्त बनाई नियमितरूपमा आफ्नो कर्तव्य पालन गर्दै आएको तथा छापामाध्यमलाई विद्युतीय प्रविधिमा लैजाने तयारी गरेको सहप्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक