काठमाडौँ, ८ असार – आगामी दश वर्षमा १० हजार युवा उद्यमी बनाइने अभियान शुरु भएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानअन्तर्गत रहेको नेपाल उद्यमशील समाजले आज ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी सो अभियानको थालनी गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनुभयो ।
आफू उद्योगमन्त्री हुँदा उद्योगका लागि आवश्यक नीति नियममा विशेष ध्यान दिइएको भन्दै उहाँले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रको हौसला बढाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीले युवाको नयाँ सोचलाई व्यावहारिक रुप दिन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पढाइ सकेपछि जागीर खोज्ने सोचमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणका लागि सरकारले निजी क्षेत्रको हौसला बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरबाट छानिएका २३ युवा उद्यमीको नयाँ व्यावसायिक परियोजना प्रस्तावमाथि छलफल भएको थियो । सम्मेलनमा युवा उद्यमीको नयाँ परियोजना उद्यमीमाथि छलफल गरेर उद्यम गर्न लगानी जुटाउने योजना रहेको नेपाल उद्यमशील समाजका संयोजक जिडी पाण्डेले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ