काठमाडौँ, ८ असार – आगामी दश वर्षमा १० हजार युवा उद्यमी बनाइने अभियान शुरु भएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठानअन्तर्गत रहेको नेपाल उद्यमशील समाजले आज ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी सो अभियानको थालनी गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनुभयो ।
आफू उद्योगमन्त्री हुँदा उद्योगका लागि आवश्यक नीति नियममा विशेष ध्यान दिइएको भन्दै उहाँले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रको हौसला बढाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीले युवाको नयाँ सोचलाई व्यावहारिक रुप दिन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पढाइ सकेपछि जागीर खोज्ने सोचमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणका लागि सरकारले निजी क्षेत्रको हौसला बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरबाट छानिएका २३ युवा उद्यमीको नयाँ व्यावसायिक परियोजना प्रस्तावमाथि छलफल भएको थियो । सम्मेलनमा युवा उद्यमीको नयाँ परियोजना उद्यमीमाथि छलफल गरेर उद्यम गर्न लगानी जुटाउने योजना रहेको नेपाल उद्यमशील समाजका संयोजक जिडी पाण्डेले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा