काठमाडौँ, ८ असार – विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ ।
सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ । च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ ।
पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दैआएका छन् । नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ । नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ ।
नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताउनुभयो । पश्मिनाको कारोबार सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।
वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा रु दुई अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ । विदेशी मुलुकमा रु दुई अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्याल बताउनुहुन्छ । अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर