
काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु । तस्विर-रोशन सापकोटा, रासस
काठमाडौँ, ५ असार – वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।
आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
उहाँहरु सबैले राज्यले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय व्यक्तित्व गुमाएको र डा देवकोटाको अभावलाई परिपूर्ति गर्न देशलाई वर्षौं लाग्ने प्रतिक्रिया दिनुभयो । डा देवकोटाको आजै दाहसंस्कार गरिने बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता