
काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु । तस्विर-रोशन सापकोटा, रासस
काठमाडौँ, ५ असार – वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।
आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
उहाँहरु सबैले राज्यले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय व्यक्तित्व गुमाएको र डा देवकोटाको अभावलाई परिपूर्ति गर्न देशलाई वर्षौं लाग्ने प्रतिक्रिया दिनुभयो । डा देवकोटाको आजै दाहसंस्कार गरिने बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा