काठमाडौँ, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गर्नुभयो ।
मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुग्नुभएको थियो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित