काठमाडौँ-राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्ने भएका छन् । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९ सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनेछन् ।
अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण कार्यक्रमलाई लिइन्छ ।
यसका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधिसमेत बनाएको छ । अाइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सचिवालयका उपसचिव दशरथ धमलाले सोमबार बिहान ११.३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा समय निर्धारण हुने कार्यक्रम शुरु हुने जानकारी दिए ।
यस्तो हुनेछ चयन प्रक्रिया
धमलाका अनुसार संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् ।
यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसपछि अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’ आफैं निर्धारण गर्नुहुनेछ ।
गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ । गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको छ । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई वर्ष तय गर्ने विधि तयार गरिएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण