
एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो
पोखरा-एति एयरलाइन्सको जहाज आइतबार पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।
पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए ।
उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- अस्ताए डा. चन्द्र लक्सम्बा
फेसबुक