
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकमा सहभागी नेताहरु । तस्बिर- प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, २ असार – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ ।
बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो स्थायी समिति बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी एकताको उत्साहलाई देशव्यापी बनाउन र संगठनात्मक संरचना चाँडो किनारा लगाउन बैठकले जोड दिएको छ । बैठकमा सरकारको बजेट, नीति कार्यक्रम र कार्य प्रगतिबारे समीक्षा भएको छ । हालसम्मका सरकारका काम सन्तोषजनक भएको र देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाबमोजिम सरकारलाई थप प्रभावकारी बनाउन र सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिनुभएको थियो ।
बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यको सुझाव लिई अन्तिमरुप दिन सचिवालयलाई जिम्मा दिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले एकतापछिको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तत्काली नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित