काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् ।
“स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न म आग्रह गर्छु,” उनले भने ।
नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) शुक्रबार भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताए ।
उनले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको चर्चा गर्दै पुष्पलाल राजमार्ग तथा हुलाकी राजमार्गलगायतका राजमार्गमा विभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, “कछुवाको गतिमा रहेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ, खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।”
काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक सुन्दरतालाई जोगाउँदै बढ्दो आवास निर्माणमा पुनःसंरचना गर्न आवश्यक रहेकामा उनले जोड दिए ।
पाँचदिने सो प्रदर्शनीमा जग्गा तथा आवाससित सम्बन्धित घर तथा अपार्टमेन्ट, जग्गा योजना, विकास निर्माण सामग्रीका साथै भूकम्प प्रतिरोधी घर, विद्युतीय सामग्री, फर्निचर, पाइप, सजावटका सामान राखिनुका साथै बैंकिङ सेवा पनि उपलब्ध छन् ।
संघका अध्यक्ष इच्छाराज तामाङले जग्गा तथा आवासलाई व्यवस्थित बनाउन संघले काम गरिरहेको बताए । महासचिव मीनमान श्रेष्ठ र सचिव विपिन चित्रकारले व्यवस्थित एवं आधुनिक बस्ती योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता