
प्रदेश–३ को हेटौँडामा स्थापना गरिएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तस्वीर – कृष्णराम परियार, हेटौँडा, रासस
हेटौँडा, ३१ जेठ – प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडाले जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले रासस समाचारदातासँग आज संक्षिप्त कुराकानी गर्दै सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५-०७६ को बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम बजेटले समेट्ने बताउनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा