भक्तपुर-श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो ।
यसबारे अनुसन्धान शुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । माझीको ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन् ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार