काठमाडौँ, ३० जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि आफू मातहतका कर्मचारीलाई चारबुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयका शाखा अधिकृत रवीन्द्रजंग थापाले कर्मचारीलाई सार्वजनिक सेवा प्रवाहकारी बनाउनका लागि चार बुँदे निर्देशन जारी गरिएको बताउनुभयो ।
उहाँका अनुसार सबै कर्मचारी तोकिएको समयमा कार्यालयमा रहन, कामको सिलसिलामा मन्त्रालय बाहिर जाँदा अनिवार्य रुपमा आफ्नो महाशाखा, आन्तरिक व्यवस्थापन शाखामा राखिएको लगबुक भर्न, खाजा खाने समय १.३० बजेदेखि २.३० बजेसम्म तोकिएकाले सो अनुसार गर्न र शुक्रबार बाहेक अन्य सबै दिनमा पोशाक लगाएर अनिवार्य आउन निर्देशन दिइएको छ ।
कर्मचारीले आफूले मनलाग्दी गर्न थालेपछि मन्त्रालयले निर्देशन जारी गरेको बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै