
काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा केक काटेर उदघाटन गर्दै पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिर – रासस
काठमाडौँ, ३० जेठ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले गरिबीमा पिल्सिएका जनताको जीवनस्तरमा सुधार भएपछि मात्र देशमा सामाजिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हामीले समाज सेवा र मानवजातिको रुपान्तरणका लागि राजनीतिक गतिविधि सञ्चालन गरेका छौँ, हाम्रै जीवनकालमा नयाँ शक्तिको नेतृत्वमा नयाँ समृद्ध नेपाल बन्छ ।”
भ्रष्टाचारमा लिप्त भएका नेताले मुलुकमा आर्थिक परिवर्तन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले सत्ता स्वार्थका लागि आदर्श बदल्न नहुने र जनता गरीब भएर नेता धनी हुनुको अर्थ नहुने बताउनुभयो ।
पूँजीवाद र साम्यवादको अभ्यास पूरानो भइसकेको हुँदा आफ्नो पार्टीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाजवादको आदर्शलाई अवलम्बन गर्ने जानकारी गराउँदै उहाँले निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेकाले आगामी दिनमा देशभर संगठन सुदृढीकरणका कार्यक्रम गरिने बताउनुभयो ।
पार्टीका नेताहरु डा केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठलगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा