चितवन-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको संघर्ष विकासका लागि भएको भन्दै विकासमा विपक्षी नरहेको बताएका छन् ।
भरतपुर महानगरपालिकाले मंगलबार यहाँ आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य मान्यतामा सत्ता पक्ष र प्रतिपक्ष भए पनि अहिले विकास निर्माणमा कोही प्रतिपक्ष नरहेको बताए ।
लामो समय सरकारमा रहेर अनुभव हासिल गरेको विपक्षी र केही गरौँ भन्ने सत्तापक्ष भएकाले सबैको साझा एजेण्डा विकास र समृद्धि भएको उनले बताए । दाहालले भने, “विगतमा राजनीतिक विषयमा सबैको ध्यान केन्द्रित हुने भए पनि अहिले आम जनता, राजनीतिक दल र सरकारको ध्यान विकासमा केन्द्रित छ ।”
अब विकास र समृद्धिको दशक बनाउनुपर्ने बताउँदै उनले विकासका लागि सबै एक ठाउँ भएको अवसर गुमाउन नहुने बताए । विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन मोदीले निम्तो दिएको पनि बताए । छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि उनले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकास मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको उनले बताए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि आफू पालोपालो भारत र चीन जाने तयारी गरेको उनले बताए । चीन र भारतले देशका अन्य ठाउँमा झैं चितवन केन्द्रित एक-एकवटा गौरवका आयोजनामा सहयोग गरोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताए ।
दाहालले आफू, प्रधानमन्त्री र अर्थमन्त्री बीचमा बजेटका विषयमा तीन घण्टा बहस भएको भन्दै उनले चुनावमुखी लोकप्रिय बजेट नभएर जनता, राष्ट्र र देशको अर्थतन्त्रलाई हेरेर बनाइएको बजेट भएको बताए ।
चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका दाहालले भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरको महानगर बनाइनुपर्ने बताए । देशको केन्द्रभागमा रहेको, प्राकृतिक स्रोतसाधनले सम्पन्न, धार्मिक हिसाबले महत्वपूर्ण, राम्रो भौगोलिक अवस्थितिका कारण यसलाई अन्तर्राष्ट्रियस्तरको नमूना महानगर बनाउन सकिने बताए ।
उनले भरतपुर महानगरमा बनाउने गुरुयोजना अध्ययन, अनुसन्धान र छलफल गरेर निर्माण गर्न सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले ‘भरतपुरको क्षेत्रीय अवस्थिति र विकासको सम्भावना’, शहरी पूर्वाधारविद् डा सूर्यराज आचार्यले ‘समृद्ध भरतपुरका लागि व्यवस्थित शहरीकरण’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठले ‘स्मार्ट भरतपुर- योजना र सम्भावना’ विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी, नेकपाका नेता ईश्वरी भट्टराई, नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीलगायतले महानगर गुरुयोजनाका लागि सुझाव दिएका थिए ।
सो अवसरमा महानगरकी प्रमुख रेनु दाहालले सबैको सुझाव संकलन गरेर गुरुयोजना निर्माण गर्न लागिएको बताइन् । उनले विगत एक वर्षमा महानगरले गरेका कार्यहरु प्रस्तुत गरेकी थिइन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने