गौशाला-महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दा रोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।
त्यसैगरी ५५ वर्षीया सुनरदेवी सदा मुसहर र छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धान खेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए । बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा मनोज दासले बताए ।
आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएपछि सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरु उनलाई खेतको आलीमा लडेर राखेको र गाउँमा खबर पुरयाएर उनलाई उपचारकै लागि लैजान खोज्दा उनको खेत नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ