काठमाडौँ-विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्नेक्रममा राजधानीमा रहेका नवनियुक्त देशीय निर्देशक फारिस हादाद जेर्भोसले प्रधानमन्त्री केपी ओलीसँग उनकै कार्यकक्षमा आइतबार अपराह्न भएको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
संघीयतालाई संस्थागत गर्ने तथा विकासका कार्यक्रम कार्यान्वयनका निम्ति बैंकले नयाँ सहायता ढाँचा तयार पारेको प्रधानमन्त्रीलाई जानकारी दिँदै निर्देशक चिम्याओले लगानीका वातावरणमा सुधार ल्याउन सुदृढ एवं सबल नेतृत्वको अहम् भूमिका हुने बताए ।
आइतबारै विश्व बैंकका देशीय निर्देशकद्वय चिम्याओ र जेर्भोसले अर्थमन्त्री युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटेर बजेट वक्तव्यमा उल्लेख भएका रोजगारीका अवसरको सिर्जना, मानव विकास, न्यायपूर्ण विकास र निजी क्षेत्रको सहभागिताको स्वागत गरे ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा