काठमाडौँ-विश्व बैंकले संघीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालका निम्ति उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा यहाँस्थित उक्त बैंकको जिम्मेवारी सम्हाल्नेक्रममा राजधानीमा रहेका नवनियुक्त देशीय निर्देशक फारिस हादाद जेर्भोसले प्रधानमन्त्री केपी ओलीसँग उनकै कार्यकक्षमा आइतबार अपराह्न भएको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
संघीयतालाई संस्थागत गर्ने तथा विकासका कार्यक्रम कार्यान्वयनका निम्ति बैंकले नयाँ सहायता ढाँचा तयार पारेको प्रधानमन्त्रीलाई जानकारी दिँदै निर्देशक चिम्याओले लगानीका वातावरणमा सुधार ल्याउन सुदृढ एवं सबल नेतृत्वको अहम् भूमिका हुने बताए ।
आइतबारै विश्व बैंकका देशीय निर्देशकद्वय चिम्याओ र जेर्भोसले अर्थमन्त्री युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटेर बजेट वक्तव्यमा उल्लेख भएका रोजगारीका अवसरको सिर्जना, मानव विकास, न्यायपूर्ण विकास र निजी क्षेत्रको सहभागिताको स्वागत गरे ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै