डडेल्धुरा, २६ जेठ – नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताउनु भएको छ ।
आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उहाँले उल्लेख गर्नुभयो । कम्युनिष्टहरु एक हुँदा पनि काँग्रेस बलियो नै देखिएको सभापति देउवाले दाबी गर्नुभयो । प्रत्यक्ष निर्वाचनमा संख्यात्मकरुपमा केही सिट कम आएको कुरा स्वीकार्दै सभापति देउवाले समानुपातिकका मतले पार्टीलाई जनताले विश्वास दिएका छन् भन्नुभयो ।
काँग्रेस विभिन्न कालखण्डका आन्दोलनमा अग्रमोर्चामा उभिएको र निर्णायक बेलामा नेतृत्व लिने पार्टी भएकाले पार्टीभित्रका आन्तरिक कुरालाई मिलाएर पहिलो पार्टी स्थापना गरी छाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता