
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई शनिबार उहाँको जन्मघर गोरखा लैजान हेलिकोप्टरमा राख्ने तयारि गरिंदै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, २६ जेठ – वरिष्ठ न्यूरोसर्जन प्रा डा उपेन्द्र देवकोटालाई आज उहाँको जन्मस्थल गोरखा आँपपिपलस्थित बाहुनडाँडा लगेर पुनः काठमाडौँ ल्याइएको छ ।
पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहनुभएका डा देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पु¥याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि पुनः काठमाडौँ ल्याई बाँसबारीस्थित न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ ।
डा देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उहाँसँगै गोरखा जानुभएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पुरयाइएको थियो ।
उहाँले भन्नुभयो, “डा देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुईंटेल स्कुल पनि हातको इशाराले देखाउनुभएको थियो, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार-पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।”
डा देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ (म अत्यन्त खुशी छु) भन्दै खुसी व्यक्त गर्नुभएको डा कार्कीले बताउनुभयो ।
रासससँग कुरा गर्दै डा कार्कीले भन्नुभयो, “गोरखा जाने इच्छा व्यक्त गर्नुभएको थियो, अस्ति नै गोरखा लाने तयारी गरिएको थियो, तर स्वास्थ्य समस्या देखिएपछि सम्भव भएन, आज राम्रो अवस्था भयो, त्यसैले काठमाडौँबाटै सम्पूर्ण तयारी गरी मेडिकल टिमसहित उहाँको इच्छा अनुसार जन्मघर लगेर ल्यायौँ ।”

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई शनिबार उहाँको जन्म घर गोरखा लैजान हेलिकोप्टरमा राख्ने तयारि गरिंदै । तस्वीर – रोशन सापकोटा, रासस
डा देवकोटालाई लिएर जाँदा दुई हेलिकोप्टर गोरखा गएका थिए । उहाँसँग न्यूरो अस्पतालमा उहाँको उपचारमा खटिएका एनेस्थेसियाका चिकित्सक डा मायुस मुनाकर्मी, मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालीम प्राप्त इमरजेन्सी विशेषज्ञ डा कार्की, मेडिसिटीकै प्यारामेडिक्स रमेश न्यौपाने, डा देवकोटाकी श्रीमती मधु दीक्षित, उहाँका छोरी र एक आफन्त गोरखा जानुभएको थियो ।
जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको बताउँदै डा कार्कीले उहाँको स्थिति गम्भीर भएपनि आत्मबल भने उच्च रहेको बताउनुभयो ।
जन्मघरमा करीब एक घण्टा बसेपछि डा देवकोटालाई पुनः काठमाडौंस्थित न्यूरो अस्पतालको आइसियुमा राखेर उपचारमा निरन्तरता दिइएको छ । उहाँको स्वास्थ्यस्थितिलाई लिएर शुक्रबार र शनिबार बिहानसम्म विभिन्न अफवाह फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको पुष्टि गर्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता