काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति सदस्यमा स्व. नेता खुमबहादुर खड्काकी पत्नीसहित ३ जना मनोनित गरेका छन् ।
बिहीबार देउवाले लम्जुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाईं र दाङकी शीला शर्मा खड्कालाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् । शीला खुमबहादुर पत्नी हुन् ।
देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहीबारै सभापति देउवाले पार्टी विधानको धारा ४९ (१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता