काठमाडौँ-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको बिहीबार बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।
राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तारचढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय गरेको छ ।”
बुधबार राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने अभिव्यक्ति दिएका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता