काठमाडौँ-नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो ।
तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो । ती दुई संगठनका लागि गठित एकता कार्यदलको बिहीबार बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र शर्मा, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहेका छन् । कार्यदल बैठकले संगठनको एकताका लागि विधान मस्यौदा तथा संगठन स्वरुप प्रस्ताव तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिमा युवा संघका महासचिव नरेश शाही, वाइसिएलका महासचिव सुबोधराज श्रीपाइली, युवासंघका सचिवद्वय रमेश आचार्य र वचनबहादुर सिंह तथा वाइसिएलका सचिव ज्ञानबहादुर गुरुङ रहेका छन् ।
युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र यही जेठ ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरेको बताए ।
अध्यक्ष सापकोटाका अनुसार समितिले यही जेठ ३१ गतेसम्म विधानको मस्यौदा र संगठन स्वरुपको प्रस्ताव तयार पारेर सो सम्बन्धी प्रतिवेदन संयुक्त बैठकमा पेश गर्ने छ । संयुक्त बैठकले समितिले तयार पारेको विधान र संगठनको प्रस्तावलाई सुझाव दिनेछ ।
समितिले दिएको प्रतिवेदनका आधारमा असार पहिलो हप्तासम्म कार्यदलले एकताका लागि खाका तयार पारेर पार्टीको उच्च नेतृत्व तहमा दिने अध्यक्ष सापकोटाले बताए । दुई पार्टी एकीकरण भएपछि भ्रातृसंगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने नेकपाले जनाएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा