धनगढी- प्रदेश नं. ७ को प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् ।
सो पार्टीको प्रदेशसभाका ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा मंगलबार धनगढीमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचेतकमा तारालामा तामाङ र सचेतकमा अक्कलबहादुर रावललाई निर्वाचित गरेको नव निर्वाचित प्रमुख सचेतक तामाङले बताए ।
संसदीय दलको नेतामा निर्वाचित मुख्यमन्त्री भट्ट र सचेतकमा निर्वाचित रावल तत्कालीन नेकपा (माओवादी केन्द्र) मा आबद्ध थिए । यस्तै उप नेतामा निर्वाचित शाह र प्रमुख सचेतकमा निर्वाचित तामाङ तत्कालीन नेकपा एमालेमा आबद्ध थिए ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै