विराटनगर–बहुचर्चित साढे ३३ किलो सुन तस्करीका अभियुक्त छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आइतबार विहान आत्मसमर्पण गरेका छन् । आजै उनले जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् ।
लामो समय फरार रहेर प्रहरीको खोजीमा रहेका घलेले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गरेका छन् । उनले सुन तस्करीका अर्का अभियुक्त भिनाजु नाता पर्ने भुजुङ गुरुङसँग नाता रहेपनि सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
उनले आफ्नो नाम पनि डा. डेबिट गुरुङ नभएको बताएका छन् । यसअघि सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ समूहका ब्यक्तिले आफूहरु भरिया रहेको र डा. डेबिटको मुख्य नेतृत्व रहेको बयान दिएका थिए ।
सुन तस्करीका अभियुक्त गोरेसँग आफ्नो चिनजान नै नरहेको दाबी गर्दै उनले एक पटक मात्र देखेको बताएका छन् । उनले आफू सुन कारोबारमै संलग्न नभएको बयान पनि जिल्ला अदालतमा दिएका छन् ।
उनलाई आजै जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता