विराटनगर–बहुचर्चित साढे ३३ किलो सुन तस्करीका अभियुक्त छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आइतबार विहान आत्मसमर्पण गरेका छन् । आजै उनले जिल्ला अदालतमा इन्कारी बयान दिएका छन् ।
लामो समय फरार रहेर प्रहरीको खोजीमा रहेका घलेले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गरेका छन् । उनले सुन तस्करीका अर्का अभियुक्त भिनाजु नाता पर्ने भुजुङ गुरुङसँग नाता रहेपनि सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
उनले आफ्नो नाम पनि डा. डेबिट गुरुङ नभएको बताएका छन् । यसअघि सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ समूहका ब्यक्तिले आफूहरु भरिया रहेको र डा. डेबिटको मुख्य नेतृत्व रहेको बयान दिएका थिए ।
सुन तस्करीका अभियुक्त गोरेसँग आफ्नो चिनजान नै नरहेको दाबी गर्दै उनले एक पटक मात्र देखेको बताएका छन् । उनले आफू सुन कारोबारमै संलग्न नभएको बयान पनि जिल्ला अदालतमा दिएका छन् ।
उनलाई आजै जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा