
धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गरिँदै । तस्बिर – रासस
काठमाडौँ, १९ जेठ – धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ ।
कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो । ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।
तीनवटै भवन भत्काउन भने सरकारले निर्णय गर्नुपर्ने उहाँले सुनाउनुभयो । भत्किएको धरहरा त्यही स्वरुपमा राखेर त्यस क्षेत्रको अर्को स्थानमा उही आकारप्रकारमा बनाउने तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । इच्छुक निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान समेत भइसकेकाले असार दोस्रो सातासम्म धरहरा पुनःनिर्माण शुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।
महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गत शनिबार भत्काएको थियो । ती संरचना महानगरपालिकासँग साइज वाकस ट्रेडर्सले भाडामा लिई बनाएको थियो ।
सम्झौता अवधि २०८२ सालसम्म भएपनि धरहरा पुनःनिर्माणका लाग जग्गा खाली गरिएको महानगरपालिकाले जनाएको छ ।
ट्रेडर्सका सञ्चालक सिद्ध गुरुङ भने महानगरपालिकाले २४ घण्टाअघि सूचना दिएर गैर कानूनी तवरले सम्झौताविपरीत टहरा भत्काएको दाबी गर्नुहुन्छ । महानगरपालिकाले भने पटकपटक भत्काउन दिएको सूचनालाई अटेर गरेकाले भत्काइएको जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ