
धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गरिँदै । तस्बिर – रासस
काठमाडौँ, १९ जेठ – धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ ।
कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो । ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।
तीनवटै भवन भत्काउन भने सरकारले निर्णय गर्नुपर्ने उहाँले सुनाउनुभयो । भत्किएको धरहरा त्यही स्वरुपमा राखेर त्यस क्षेत्रको अर्को स्थानमा उही आकारप्रकारमा बनाउने तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । इच्छुक निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान समेत भइसकेकाले असार दोस्रो सातासम्म धरहरा पुनःनिर्माण शुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।
महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गत शनिबार भत्काएको थियो । ती संरचना महानगरपालिकासँग साइज वाकस ट्रेडर्सले भाडामा लिई बनाएको थियो ।
सम्झौता अवधि २०८२ सालसम्म भएपनि धरहरा पुनःनिर्माणका लाग जग्गा खाली गरिएको महानगरपालिकाले जनाएको छ ।
ट्रेडर्सका सञ्चालक सिद्ध गुरुङ भने महानगरपालिकाले २४ घण्टाअघि सूचना दिएर गैर कानूनी तवरले सम्झौताविपरीत टहरा भत्काएको दाबी गर्नुहुन्छ । महानगरपालिकाले भने पटकपटक भत्काउन दिएको सूचनालाई अटेर गरेकाले भत्काइएको जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा