काठमाडौँ- राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट स्वदेश फर्केका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा शनिबार नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्किएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् ।
उपचारपछि आफू स्वस्थ्य भएर फर्किएको उनले बताएको छोरी अधिकारीले जानकारी गराइन् । मेदान्तमा उपचार गराएपछि स्वस्थ्य भएर राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्केका हुन् ।
उनका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानेछन् । राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता