पाल्पा, १८ जेठ – रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ ।
प्रहरीका अनुसार सनाखत हुनेमा तानसेन नपा–३ का प्रभाष वज्राचार्य रहेको प्रहरीले जनाएको छ । यसअघि मृतक १२ जनाको सनाखत भइसकेको छ । रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान दुर्घटनामा परेको थियो ।
यसैबीच सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । शुक्रबार पहिरो खसेको स्थान हेडबक्स नजिकै पैदल हिँड्दै गरेका पाल्पा मस्यामका मोहन रेश्मीको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिद्धबाबामा बिहान करीब ३ बजे पहिरो खसेको थियो । चार जनाको समूहमा बुटवलतर्फ आउँदै गरेकामध्ये रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । सिद्धबाबामा पहिरो जाँदा बुटवल –तानसेन सडकखण्ड अवरुद्ध भएको छ । सो स्थानमा पानी पर्नासाथ पहिरो जान्छ । अहिले सडक खुलाउने काम भइरहे पनि पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता