
नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमतिमा हस्ताक्षर गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव । तस्बिर सौजन्य–प्रधानमन्त्रीको निजी सचिवालय, रासस
काठमाडौँ, १७ जेठ – दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ ।
मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको विषय टुङ्गो लगाउन बुधबार पार्टीको आन्तरिक बैठक र छलफलबाट पनि निष्कर्ष निक्लिएन । आज पनि अनौपचारिक तवरका छलफल भए पनि अझैसम्म टुङ्गो लागेको छैन ।
पार्टी अध्यक्षले थप परामर्श गरेर चाँडोभन्दा चाँडो मन्त्रीको नाम टुङ्ग्याउने सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
“मन्त्रालय टुङ्गिए पनि मन्त्रीको नाम टुङ्गो लागेको छैन, अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर नाम तय गर्नुहुनेछ, त्यो जिम्मेवारी पार्टीले उहाँ (अध्यक्ष) लाई नै दिएको छ”, उहाँले भन्नुभयो ।
दुई बुँदे सम्झौता गर्दै फोरम वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ ।
यसैबीच समाजवादी फोरमले बजेटको समीक्षा गर्दै बजेट समग्रमा सकारात्मक भनेको छ ।
फोरमको कार्यसम्पादन समिति र सांसदसहितको बैठकले बजेटबारे छलफल गर्दै यस्तो धारणा बनाएको हो । फोरमको अर्थ, अनुसन्धान तथा योजना विभागले बजेट समीक्षा कार्यक्रम गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता