
काठमाडौँ, १७ जेठ – नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ ।
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र साम टेरेन्स कण्डोरले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले बहुपक्षीय मञ्चमा साझेदारीका साथै पर्यटन, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप व्यवस्थाका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
सेन्ट किट्स् एण्ड नेभिसका नामले समेत परिचित उक्त मुलुक र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश दिइएको पनि उक्त नियोगले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]