
काठमाडौँ, १७ जेठ – नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ ।
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगमा बुधबार आयोजित एक कार्यक्रममा उक्त विश्व संस्थाका लागि नेपाल र सेन्ट क्रिष्टोफर एण्ड नेभिसका स्थायी प्रतिनिधि क्रमशः दुर्गाप्रसाद भट्टराई र साम टेरेन्स कण्डोरले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा दुवै देशका स्थायी प्रतिनिधिले बहुपक्षीय मञ्चमा साझेदारीका साथै पर्यटन, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप व्यवस्थाका क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
सेन्ट किट्स् एण्ड नेभिसका नामले समेत परिचित उक्त मुलुक र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेश दिइएको पनि उक्त नियोगले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक