
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट नेतृत्वको एक टोलीले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिना, गृह मन्त्री राम बहादुर थापा ‘बादल’, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र कानुन मन्त्री शेर बहादुर तामाङ्गसंग छुट्टा छुट्टै भेट गरी संविधानमा भएको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था लागू गर्नका लागि आवश्यक कानुनहरु यथाशक्य छिटो ल्याउने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
भेटघाटका अवसरमा अध्यक्ष भट्टले विश्वभरी छरिएर रहेका नेपालीलाई नेपालसंग जोड्ने र नेपालको समृद्धिका लागि गरिने काममा साझेदार बनाउने पवित्र उद्देश्यका साथ अघि बढेको गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मसाथ गरेको बताए । उनले नेपालको संविधानले गरेको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी व्यवस्था शीघ्र कार्यान्वयनका लागि अनुरोध समेत गरे ।
संघका उपाध्यक्ष कुल आचार्यले संविधानको व्यवस्था कार्यान्वयनका लागि ऐन नियमको तर्जुमा आवश्यक भएको र सरकारका सम्बन्धित निकायले ऐनको तर्जुमा गरिरहेको भन्ने बुझिएकाले ऐनमा संविधानको भवाना अनुसार व्यवस्था गरिदिन, प्रकृयाहरु प्रष्ट तोकिदिन र भविष्यमा व्यक्तिपरक व्याख्या हुन सक्ने अवस्था आउन नदिने गरी कानुन बनाइदिन अनुरोध गरेका थिए । साथै उनले त्यस्तो नागरिकता पाउने व्यक्तिले अन्य नेपाली नागरिक सरह आर्थिक सामाजिक एवं साँस्कृतिक अधिकार उपभोग गर्ने र अरु नेपाली नागरिक जस्तै देश विदेशमा समेत नेपाल सरकारले प्रदान गर्ने राहदानी बोकेर हिंड्न पाउने व्यवस्था गरिदिन समेत अनुरोध गरे ।
भेटमा संघका सह-कोषाध्यक्ष सोम सापकोटाले गैरआवासीय नेपालीबाट मुलुकले फाइदा लिनसक्ने भएकोले सम्बन्ध तोड्ने होइन जोड्नका लागि पहल गर्नु पर्ने धारणा राखे ।
भेटघाटमा गैरआवासीय नेपाली संघको तर्फबाट संघको आयोजनामा अमेरिकाको सान्फ्रान्सिस्कोमा हुन लागेको क्षेत्रीय विज्ञ सम्मेलन, लग्जेम्वर्गमा हुने युरोपियन क्षेत्रीय बैठक तथा महिला भेला र काठमाडौंमा हुने विश्वव्यापी विज्ञ सम्मेलन आदिका बारेमा समेत जानकारी गराइएको संघले जनाएको छ । भेटमा वैदेशिक रोजगारीमा गएकाहरुको समस्याबारे पनि जानकारी गराइएको थियो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक