
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल । फाइल तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, १६ जेठ – युरोपेली आयोगको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्युजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले भूकम्पपछिको पुनःनिर्माणको प्रशंसा गर्नुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग आज भेटघाट गरी उहाँहरुले भूकम्पपछि नेपालमा भइरहेको पुनःनिर्माणको अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । प्राधिकरण कार्यालयमा भएको छुट्टाछुट्टै भेटमा युरोपेली आयोगका महानिर्देशक भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनको पुनःनिर्माणबारे जिज्ञासा राख्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत भुसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनको पुनःनिर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराउनुभएको थियो । आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनःनिर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
महानिर्देशक भिरियु र राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजुद पुनःनिर्माणमा उल्लेख्य प्रगति गर्न सकेकामा प्राधिकरणको प्रशंसा गर्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणमा युरोपेली संघ र न्युजिल्याण्डले पुरयाएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने आशा व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु