
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल । फाइल तस्बिर – रोशन सापकोटा, रासस
काठमाडौँ, १६ जेठ – युरोपेली आयोगको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्युजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले भूकम्पपछिको पुनःनिर्माणको प्रशंसा गर्नुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालसँग आज भेटघाट गरी उहाँहरुले भूकम्पपछि नेपालमा भइरहेको पुनःनिर्माणको अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो । प्राधिकरण कार्यालयमा भएको छुट्टाछुट्टै भेटमा युरोपेली आयोगका महानिर्देशक भिरियु र न्युजिल्याण्डका राजदूत केम्पकर्सले खासगरी निजी आवास तथा विद्यालय भवनको पुनःनिर्माणबारे जिज्ञासा राख्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत भुसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनको पुनःनिर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराउनुभएको थियो । आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनःनिर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
महानिर्देशक भिरियु र राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजुद पुनःनिर्माणमा उल्लेख्य प्रगति गर्न सकेकामा प्राधिकरणको प्रशंसा गर्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणमा युरोपेली संघ र न्युजिल्याण्डले पुरयाएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने आशा व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]