
सरकारले सर्वस्व सहित जेलमा परेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुङगेललाई गरेको रिहाईको विरोधमा संसदमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापा । तस्बिर – रासस
काठमाडौँ, १५ जेठ – प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
संघीय संसद्को आजको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिनुभएको थियो । सांसद् थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गर्नुभयो ।
थापाले भन्नुभयो, “सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झै वर्तमान प्रधानमन्त्रीलाई छैन । यस्तो निर्णय फिर्ता लिनुपर्छ ।” तत्पश्चात बैठक चालू भई अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद् ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी आजै डिल्लीबजार कारागरबाट रिहा भएका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?