
सरकारले सर्वस्व सहित जेलमा परेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुङगेललाई गरेको रिहाईको विरोधमा संसदमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापा । तस्बिर – रासस
काठमाडौँ, १५ जेठ – प्रतिपक्षी दल नेपाली काँग्रेसले कारागारमा रहेका बालकृष्ण ढुंगेलको कैद माफी मिनाहाको निर्णय फिर्ता लिन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
संघीय संसद्को आजको बैठक प्रारम्भमै काँग्रेसका सबै सांसद्हरु आफ्नो आशनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद् गगन थापालाई बोल्न समय दिनुभएको थियो । सांसद् थापाले ढुंगेल व्यक्ति हत्याका आरोपमा सर्वोच्च अदालतबाट फैसला भई थुनामा परेका हुनाले सो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याएर हेर्न नमिल्ने जिकिर गर्नुभयो ।
थापाले भन्नुभयो, “सरकारले ढुंगेलको चालचलन सुध्रिएको भनेर विगतमा राजाले माफी दिए झै वर्तमान प्रधानमन्त्रीलाई छैन । यस्तो निर्णय फिर्ता लिनुपर्छ ।” तत्पश्चात बैठक चालू भई अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वसांसद् ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि उनी आजै डिल्लीबजार कारागरबाट रिहा भएका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा