काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।”
करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्व उठाइने बताए ।
वृद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उनले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रियताका लागि नयाँ निर्णय नगरेको स्पष्ट पारे ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताएका छन् ।
संवाददाताहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गरे ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना