काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।”
करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्व उठाइने बताए ।
वृद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उनले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रियताका लागि नयाँ निर्णय नगरेको स्पष्ट पारे ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताएका छन् ।
संवाददाताहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गरे ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची