काठमाडौँ- सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउने तथा मुलुकको राष्ट्रिय हित र विकास प्रवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्न अक्षम विदेशस्थित नेपाली नियोग खारेज गर्ने घोषणा गरेको छ ।
सरकारले संघीय संसद्को दुवै सदनमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आय तथा व्ययको विवरण (बजेट) मार्फत त्यस्तो घोषणा गरेको हो ।
बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले लगानी प्रवर्धन तथा श्रम विकास एवं आर्थिक कूटनीतिक सुदृढरुपमा सञ्चालन गर्न पर्याप्त रकम विनियोजन गरिएको जानकारी दिए ।
विदेशमा रहेका सबै नेपाली नियोगमा स्वदेशमा उत्पादित हस्तकलाका सामग्री प्रदर्शनीमा राखिने बताउँदै उनले राष्ट्रिय सुरक्षालाई अझ सुदृढ तुल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने बताए ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?