नेकपाः दल दर्ता गर्न आवश्यक कागजात आयोगमा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात सोमबार निर्वाचन आयोगमा बुझाएको छ ।

नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो । नेता नेम्वाङले कुरा गर्दै दल दर्ता गर्न पार्टीका सदस्यको हस्ताक्षरसहित आवश्यक कागजात बुझाएर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते पार्टी एकताको घोषणा गरी आयोगमा दल दर्ता गर्न निवेदन दिइएको थियो । निवेदनमा नेकपामा अधोरेखा (अन्डरलाइन) बुझाइएको थियो ।

सो नामबाट पहिला नै ऋषि कट्टेल अध्यक्ष रहेको दल दर्ता भएको हुँदा नयाँ दर्ता गर्नका लागि नेकपा गरिएको हो । आयोगले प्रक्रिया पूरा भएपछि दल दर्ता भएको सूचना प्रकाशन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री