काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात सोमबार निर्वाचन आयोगमा बुझाएको छ ।
नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो । नेता नेम्वाङले कुरा गर्दै दल दर्ता गर्न पार्टीका सदस्यको हस्ताक्षरसहित आवश्यक कागजात बुझाएर प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच यही जेठ ३ गते पार्टी एकताको घोषणा गरी आयोगमा दल दर्ता गर्न निवेदन दिइएको थियो । निवेदनमा नेकपामा अधोरेखा (अन्डरलाइन) बुझाइएको थियो ।
सो नामबाट पहिला नै ऋषि कट्टेल अध्यक्ष रहेको दल दर्ता भएको हुँदा नयाँ दर्ता गर्नका लागि नेकपा गरिएको हो । आयोगले प्रक्रिया पूरा भएपछि दल दर्ता भएको सूचना प्रकाशन गर्नेछ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ