काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सरकारले पूर्ण गतिका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो नेतृत्वको सरकारको १०० दिनका उपलब्धि र भावी योजनबारे सोमबार भिडियो सन्देश दिँदै उनले नयाँ आर्थिक वर्षको शुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पर्ने संकल्प पनि गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, “यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो १०० दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ ।”
उनले यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही शुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपाली माथिको ठगी गर्नेमाथि कठोर कारबाही शुरु भएको सन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौँ–लुम्बिनी तथा काठमाडौँ–वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको १०० दिनको उपलब्धिमा उल्लेख गरेका छन् ।
सार्वजनिक बिदा कटौतीबाट कूल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भनेका छन्, “पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउनेछु, समृद्ध र सुखी नेपाल बनाएर छाड्नेछु ।”
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा