काठमाडौँ-सरकारले राष्ट्रिय गौरवका आयोजनामा परेका रेलमार्ग तथा सडकको काम अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको पाइएको छ ।
सरकारले आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ शुरु गरेका ती परियोजनाको काम कछुवा गतिमा मात्रै अघि बढेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ । समयमै बजेट आएको भए पनि निर्माण व्यवसायीले काममा गरेको ढिलाइ, बजेट परिचालनमा रहेको नीतिगत एवं प्राविधिक जटिलताका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको गति सुस्त भएको हो ।
सरकारले राष्ट्रिय गौरवका आयोजनामा बजेट तथा अन्य साधन स्रोत सहज रुपमा उपलब्ध गराउने नीतिगत निर्णय गरेको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको हो ।
सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएका तथ्य र तथ्यांकका आधारमा हेर्दा राष्ट्रिय गौरवका आयोजनाको गति पनि अरु आयोजनाको भन्दा फरक देखिएको छैन । सरकारले कूल २१ ठूला आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । त्यसमध्ये एकाध आयोजनाको मात्रै कार्यप्रगति राम्रो देखिएको छ भने अधिकांश आयोजनाको अवस्था दूरुहपूर्ण रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम रेलमार्गको काँकडभिट्टा–बुटवल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । संघीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको चालु आवको आर्थिक सर्वेक्षणअनुसार ९४५ किलोमिटर लामो उत्तर रेलमार्ग मध्ये करिब ५० प्रतिशत खण्डको अध्ययन सकिएको हो ।
त्यसैगरी काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको समेत सम्भाव्यता अध्ययन सकिएको छ भने ५१९ किलोमिटर लामो रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमध्ये रसुवागढी–काठमाडौँ खण्डको सम्भाव्यता अध्ययन जारी छ ।
त्यसैगरी बुटवल–गड्डाचौकी खण्डको ४२१ किलोमिटर लामो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन र जनकपुर–जयनगर–विजलापूरा खण्ड र जोगवनी–विराटनगर रेलमार्गको अधिकांश निर्माण कार्य सम्पन्न भएको छ ।
पूर्वपश्चिम रेलमार्गको इटहरी–विराटनगर लिंकसमेत गरी काँकडभिट्टा–बर्दिबास खण्डको २६५ किलोमिटर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको सर्वेक्षणमा उल्लेख छ । यस्तै सोही खण्डको २८ किलोमिटर सिमरा–वीरगन्ज लिंक तथा ४४ किलोमिटर बुटवल–भैरहवा–लुम्बिनी लिंकसमेत गरी जम्मा ३७२ किलोमिटर, बर्दिबास–लुम्बिनी खण्ड रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको सर्वेक्षणमा उल्लेख छ ।
सिमरा–बर्दिबास खण्डमध्ये चालु आवको आठ महिनामा ३० किलोमिटर खण्डको २५ किलोमिटरमा रेल्वे ट्र्याक र कल्र्भट तथा पुल निर्माण सम्पन्न भएको छ । यसैगरी मध्यपहाडी लोकमार्गअन्तरगत ९५ किलोमिटर ग्राभेल, २२५ किलोमिटर कालोपत्र तथा नौ वटा पुलको निर्माण सम्पन्न भएको छ । त्यसैगरी हुलाकी राजमार्गमा ५.५ किलोमिटर सडक कालोपत्रे, ६५ किलोमिटर ग्राभेल र १० वटा पुल निर्माण सम्पन्न भएको छ ।
उत्तर दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी करिडोर चालु आवको आठ महिनामा १० किलोमिटर मात्रै ट्रयाक खोलिएको छ भने कर्णाली करिडोरमा सात किलोमिटर मात्रै ट्रयाक पूरा भएको छ ।
यस्तै, चालु आवको आठ महिनामा कोशी करिडोरमा ५.५ किलोमिटर मात्र ट्रयाक पूरा भएको छ भने महाकाली लोकमार्गको १६.८ किलोमिटर, सेती लोकमार्गको ९.५ किलोमिटर र भेरी करिडोरको दुनै–मरिम–तिञ्जे–धोकोखण्डमा २.५ किलोमिटर मात्र ट्रयाक खोलिएको छ ।
भेरी र राप्ती करिडोरको भने अध्ययन मात्र शुरु भएको छ भने काठमाडौँ–तराई द्रुतमार्गको काम शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको काम प्रभावकारी देखिएपनि अरु सिँचाइ आयोजनाको काम भने गतिमा नरहेको पाइएको छ ।
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित