
साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गरी सार्वजनिक गर्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लैजाँदै । फाइल तस्बिर – रोशन सापकोटा, रासस
विराटनगर-सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’ लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो ।
गत बुधबारदेखि शुरु भएको बयान आजसम्म अर्थात चारदिनमा गोरेसँग ३७ पृष्ठको बयान लिइएको छ । उनीसँग सुन तस्करी, सांगठनिक अपराध र हत्यालगायतको विषयमा बयान लिइएको हो । गोरेसँग लिइएको बयानका विषय विस्तृत रुपमा सार्वजनिक भएको छैन ।
सुन तस्करी, सङ्गठित अपराध र हत्याको अभियोगमा ६३ जनामाथि मुद्दा दर्ता भएको थियो । सो अभियोगमा पक्राउ परेका ३० जनामध्येबाट २८ जनालाई जेठ ८ गते कारागार चलान गरिएको छ । एकजनालाई साधारण तारेखमा र एकजनासँग धरौटी माग गरिएको थियो । गोरे आज कारागार चलान भएपछि सो घटनाको अभियोगमा पुर्पक्षमा थुनामा बस्नेको सङ्ख्या अब २९ पुगेको छ ।
जिल्ला अदालत मोरङमा वैशाख १९ गते उनीहरुमाथि सन् २०१५ देखि हालसम्म रु १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बरावरको ३७ लाख ९९ हजार ५५९ ग्राम अर्थात करिब ३८ क्विन्टल सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरिएको छ ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]