लन्डन । बहुसांस्कृतिक महोत्सवका रुपमा लिइने मेडस्टोन कम्युनिटी मेला यस वर्ष २२ जुलाइ आइतबार वाटम्यान पार्क मेडस्टोनमा गर्ने तयारी भएको छ । नेपालीसहित १० भन्दा बढि समुदायको प्रत्यक्ष संलग्नता रहने १४ औं उक्त मेलामा विभिन्न समुदायका कला, संगीत, भेषभुषा, खाना प्रदर्शनी मुख्य आकर्षण रहने बताइएको छ । मेलामा ५ देखि १० हजारसम्म दर्शक सहभागी हुने अपेक्षा छ ।
उक्त मेला आयोजनाका लागि खर्च जुटाउन गत २१ मेमा गोर्खा किचनले एक फण्ड रेजिङ च्यारिटी आयोजना गरेको छ । उक्त च्यारिटीबाट ५ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको गोर्खा किचेनका सञ्चालक जीवन अधिकारीले जनाए । केन्ट कोहीजन प्लसले आयोजना गर्दै आएको उक्त मेलाका लागि यस वर्षदेखि मेडस्टोन बरो काउन्सिलले आर्थिक सहयोग नगर्ने भएपछि विभिन्न च्यारिटी गरि अर्थ संकलन गरिंदैछ । गोर्खा किचनले थोरै भएपनि सहयोगी भावना दर्शाएको हो ।
च्यारिटी डिनरका लागि मेडस्टोन मेयर डेभिड नाघी पहिलो पटक गोर्खा किचनमा सरिक भए । मेयर निर्वाचित भएपछि नाघीको गोर्खा किचनमा पहिलो प्रवेश भएर मेयर डेभिडलाई गोर्खा किचनका तर्फबाट जीवन अधिकारी र विश्वप्रताप सिंहले विशेष स्वागत सम्मान गरेका थिए ।

च्यारिटी डिनरमा स्थानीय नेपाली अगुवा एवं विदेशी राजनीतिज्ञहरुको सहभागिता थियो । कार्यक्रममा केन्टका डेपुटी लोर्ड डा. भरगवा वासुदेव, केन्ट काउन्टी काउन्सिलर इरिक हट्सन, मेडस्टोन बरो काउन्सिलका काउन्सिलरहरु म्याट बर्टन र डेभिड बर्टन, मेडस्टोन नेपलिज कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर दुध गुरुङ, संस्थापक अध्यक्ष रत्न लिम्बु, सचिव मोहन गुरुङ, खेल संयोजक झपट भुजेल, संस्थापक सदस्य पदम थापा लगायत सहभागी थिए ।
मेला सफल बनाउन केन्ट कोहीजन प्लसका निर्देशक गुरवीन्दर सन्धेर र उपाध्यक्ष दिनेश खड्का लागिरहेका छन् । यसलाई नेपाली समुदायले पनि साथ दिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार