लन्डन । बहुसांस्कृतिक महोत्सवका रुपमा लिइने मेडस्टोन कम्युनिटी मेला यस वर्ष २२ जुलाइ आइतबार वाटम्यान पार्क मेडस्टोनमा गर्ने तयारी भएको छ । नेपालीसहित १० भन्दा बढि समुदायको प्रत्यक्ष संलग्नता रहने १४ औं उक्त मेलामा विभिन्न समुदायका कला, संगीत, भेषभुषा, खाना प्रदर्शनी मुख्य आकर्षण रहने बताइएको छ । मेलामा ५ देखि १० हजारसम्म दर्शक सहभागी हुने अपेक्षा छ ।
उक्त मेला आयोजनाका लागि खर्च जुटाउन गत २१ मेमा गोर्खा किचनले एक फण्ड रेजिङ च्यारिटी आयोजना गरेको छ । उक्त च्यारिटीबाट ५ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको गोर्खा किचेनका सञ्चालक जीवन अधिकारीले जनाए । केन्ट कोहीजन प्लसले आयोजना गर्दै आएको उक्त मेलाका लागि यस वर्षदेखि मेडस्टोन बरो काउन्सिलले आर्थिक सहयोग नगर्ने भएपछि विभिन्न च्यारिटी गरि अर्थ संकलन गरिंदैछ । गोर्खा किचनले थोरै भएपनि सहयोगी भावना दर्शाएको हो ।
च्यारिटी डिनरका लागि मेडस्टोन मेयर डेभिड नाघी पहिलो पटक गोर्खा किचनमा सरिक भए । मेयर निर्वाचित भएपछि नाघीको गोर्खा किचनमा पहिलो प्रवेश भएर मेयर डेभिडलाई गोर्खा किचनका तर्फबाट जीवन अधिकारी र विश्वप्रताप सिंहले विशेष स्वागत सम्मान गरेका थिए ।

च्यारिटी डिनरमा स्थानीय नेपाली अगुवा एवं विदेशी राजनीतिज्ञहरुको सहभागिता थियो । कार्यक्रममा केन्टका डेपुटी लोर्ड डा. भरगवा वासुदेव, केन्ट काउन्टी काउन्सिलर इरिक हट्सन, मेडस्टोन बरो काउन्सिलका काउन्सिलरहरु म्याट बर्टन र डेभिड बर्टन, मेडस्टोन नेपलिज कम्युनिटीका अध्यक्ष रिटायर्ड मेजर दुध गुरुङ, संस्थापक अध्यक्ष रत्न लिम्बु, सचिव मोहन गुरुङ, खेल संयोजक झपट भुजेल, संस्थापक सदस्य पदम थापा लगायत सहभागी थिए ।
मेला सफल बनाउन केन्ट कोहीजन प्लसका निर्देशक गुरवीन्दर सन्धेर र उपाध्यक्ष दिनेश खड्का लागिरहेका छन् । यसलाई नेपाली समुदायले पनि साथ दिएको छ ।
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित