एनआरएनप्रति उदार देखिए लालबाबु

मन्त्री पण्डित । फाइल तस्विर

काठमाडौँ, १२ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो ।

संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री