काठमाडौँ, ११ जेठ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उहाँले भन्नुभयो, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।”
छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।
धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट आन्तरिक रक्तश्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि बुधबार मेदान्त अस्पतालमा लगिएको थियो ।
चिकित्सकको सल्लाहमा उहाँले अझै एक हप्तासम्म अस्पतालमा रही स्वास्थ्य उपचार गराउने छोरी अधिकारीले बताउनुभयो ।
यसैबीच भारतस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति जारी गर्दै राष्ट्रकवि घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको जनाएको छ । घिमिरेको स्वास्थ्य सुधारोन्मुख भएको अस्पताल निर्देशक नरेश त्रेहान र उपचारमा संलग्न डा रणवीर सुदले जानकारी दिनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । नेपाली राजदूतावासले घिमिरेको स्वास्थ्यवस्थाबारे अस्पतालमा सम्पर्क गरी जानकारी लिने काम पनि गरिएको जनाएको छ ।
घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तश्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लगिएको हो । घिमिरेका साथमा उहाँका छोरा इन्दिवर र ग्राण्डी अस्पतालका चिकित्सक डा रोहित चौधरी रहनुभएको छ । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो ।
सरकारले घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने बताएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक