काठमाडौँ, ११ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई आफ्नो पार्टीले निरुत्साहित ढंगले टिप्पणी गर्न नचाहेको भन्दै सरकारका कमीकमजोरी औँल्याएर ऐना जस्तै देखाउनु प्रतिपक्ष दलको कर्तव्य भएको बताउनुभएको छ ।
प्रवक्ता शर्माले वर्तमान सरकार गठनका बेला प्रधानमन्त्रीले सांसद पदको शपथ नगरी प्रधानमन्त्री पदको शपथ गर्न मिल्दथ्यो कि मिल्दैन थियो भन्ने प्रश्न गर्दै ईश्वर, जनता र देश कसैको नाममा पनि शपथ नगर्नु विसंगतिको शुरुआत भएको भनी टिप्पणी गर्नुभएको छ ।
एकातिर मुलुक संघीयतामा जाने र अर्कोतिर प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रिकृत गरिएको कार्य अर्को विसंगतिपूर्ण कदम भएको प्रवक्ता शर्माको टिप्पणी छ । सरकारले संविधान संशोधनलाई सत्ताको बार्गेनिङ गर्ने उपरकणका रुपमा प्रयोग गरेको आरोप लगाउँदै उहाँले संविधान संशोधन प्रस्ताव ल्याउँछु भन्ने तर नल्याउने अर्को विसंगति भएको बताउनुभएको छ ।
सरकारले स्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्षमात्र देखाएर ढुकुटी रित्तो रहेको र अर्थव्यवस्था निराशा छ भन्ने अनि त्यही अर्थतन्त्र राम्रो रहेको आधारमा नीति तथा कार्यक्रममा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्नु दोहोरो चरित्र भएको प्रवक्ता शर्माको टिप्पणी छ ।
उहाँले सरकार गठन भएको १०० दिन बित्दा पनि न्यायालयलाई नेतृत्वविहीन अवस्थामा राखेको र प्रधानन्यायाधीशको नियुक्त गर्ने टुंगो लगाउन नसक्नु न्यायालयमाथिको अन्याय हो भन्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले प्रदर्शन गरेको चरित्रले यसअघि राष्ट्रवादका सम्बन्धमा अभिव्यक्त भएका अभिमतलाई खण्डित गरेको प्रवक्ता शर्माको टिप्पणी छ ।
सरकारबाट कर्मचारी प्रशासनलाई मनोबल बढाउनेभन्दा पनि गिराउने भूमिका निर्वाह भएको उल्लेख गर्दै उहाँले वर्तमान सरकारको नेतृत्वले निर्वाचनका बेला अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण र सन्तुलन कायम गर्छौं भनेको स्मरण गर्दै सरकार गठनको १०० दिनमा महँगी उकालो लागेको बताउनुभयो ।
काँग्रेसलाई प्रतिपक्ष दल नरहेको भनी सर्वजनिक भएको प्रधानमन्त्रीको टिप्पणीलाई प्रवक्ता शर्माले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दल हुने र त्यस्तो दलले सरकारका कमीकमजोरी औँल्याइरहने अवगत गराउनुभयो ।
यस अवधिमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति राम्रो भए पनि कार्यक्रम नभएको टिप्पणी गर्दै उहाँले कुनै आधारबिना काम अघि सारेको र एक वर्षमा के काम कसरी गर्ने भनी कहीँ स्पष्ट उल्लेख नगरेको टिप्पणी गर्नुभयो ।
जिम्मेवार प्रतिपक्षका नाताले काँग्रेसले सरकारका राम्रा काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको अवगत गराउँदै प्रवक्ता शर्माले प्रतिपक्ष दलले सरकारका कमीकमजोरी र विसंगतिलाई ऐनाकारुपमा चित्रण गरेर सघाउने हो भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]