काठमाडौँ, १० जेठ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ ।
नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब सामाजिक न्यायसहितको समृद्धिका लागि तोकिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार मुलुकका सबै तहमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचार भएको पाइएमा कारवाहीका लागि सिफारिश गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तय गर्न समृद्धिको यात्रामा लाग्नाको विकल्प नभएको बताउनुभयो । उहाँले एकताप्रति विश्वमा सकारात्मक सन्देश प्रवाह भएकाले अब जनताको विकासका लागि काम गरेर देखाउने समय आएको बताउनुभयो ।
बैठकमा दल दर्ता प्रयोजनका लागि केन्द्रीय सदस्यका हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको थियो ।
दुई दलबीच यही जेठ ३ गते एकता भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा