काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बीचको एकताले मुलुकको स्थिरता, शान्ति, सुशासन र समृद्धिका लागि बलियो आधार तय गरेको बताएका छन् ।
विश्व प्रजातान्त्रिक युवा महासंघको साधारणसभाको बुधबार काठमाडाैंमा उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन आगामी पाँच वर्षभित्र त्यसको बलियो आधार तयार गरिने उल्लेख गरे । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम त्यही दिशातर्फ उन्मुख भएको जनाए ।
अध्यक्ष ओलीले भने, “हामीले साझा घोषणापत्रका साथ निर्वाचनमा भाग लिएर बहुमत हासिल गरेका छौँ र जनताको शान्ति, समृद्धि र स्थिरताको चाहना पूरा गर्न पार्टी एकताको महत्वपूर्ण कार्यभार पूरा गरेका छौँ, यो विश्वका अन्य मुलुकका लागि पनि सकारात्मक सन्देश हो ।”
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विश्वका अन्य र छिमेकी मुलुकसँगको सम्बन्ध विकास गरी समृद्धिको यात्रा पूरा गरिने बताए ।
युवा संघ नेपालको संयोजन र महासंघका अध्यक्ष निकोलस पापाडिमिट्रयुको अध्यक्षतामा जारी सम्मेलनमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि सहभागी छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा