काठमाडौँ-राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।
उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् ।
वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहेका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताइन् ।
राष्ट्रकवि घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताए । घिमिरेका साथमा उनका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन् ।
करिब चार महिनादेखि अस्वस्थ हुँदै आएका घिमिरेले मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा