
काठमाडौँ, ९ जेठ – संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् ।
तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।
उहाँले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताउनुभयो । अहिले एक लाख १७ हजार दरबन्दी रहेपनि एक लाख ६ हजार कर्मचारी कार्यरत रहेका छन् ।
संघका प्राविधिक तहका कर्मचारी— इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उहाँले जानकारी गराउनुभयो । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ ।
उहाँका अनुसार सबभन्दा थोरै प्रदेश सरकार मातहतमा कर्मचारी रहनेछन् । एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजार मात्र कर्मचारी रहने अनुमान गरिएको छ ।
यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।
यसैगरी, विभिन्न मन्त्रालयमा रहेका कर्मचारीलाई कटौती गरेर प्रदेश र स्थानीय तहमा पठाइने समेत सहसचिव अधिकारीले बताउनुभयो । मन्त्रालयमा रहेका २१ देखि ५४ प्रतिशत कर्मचारी कटौती गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन