काठमाडौँ-नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सूचक सम्बोधन नगरेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस संसदीय दलको आजको बैठकले नीति र कार्यक्रम पार्टीको घोषणापत्र जस्तो भएको र आगामी एक वर्षभित्र सरकारले के–के गर्ने प्रष्ट धारणा ल्याउन नसकेको ठहर गरेको छ ।
सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताको घर आंगनमा सरकारको सेवा र सुविधा पुरयाउने प्रतिबद्धतालाई बेवास्ता गरेको आरोप लगाएको छ ।
बैठकले स्थानीय सरकार तथा प्रदेश सरकारलाई सशक्त बनाउने योजना दृढतापूर्वक नल्याएको, तीनै तहका निर्वाचन सम्पन्न भैसकेको अवस्थामा जनताको सम्बृद्धिको चाहनालाई पूरा गर्ने दृढतालाई प्राथमिकता दिन नसकेको निष्कर्ष निकालेको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका लागि विज्ञसहित संसदीय दलको बैठकमा विज्ञहरूले आ–आफ्नो राय तथा सुझाव दिएको मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता