भतिजाको हत्या गर्ने काका पक्राउ

राजविराज, ८ जेठ – सप्तरीमा आफ्नै भतिजालाई हथौडा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा शम्भुनाथ नगरपालिका–७, भंगहाका २० वर्षीय काका आनन्द चौधरीले हथौडाले हानेर ३० वर्षीय भतिजा अजय चौधरीको हत्या गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

वैशाख २५ गते गाउँमै एक विवाह समारोहमा आनन्द र अजयबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर झगडा भएको थियो । सो झगडापछि आक्रोशित बनेका आनन्दले राति सुतेको अवस्थामा भतिजा पर्ने अजयको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

अजयको हत्या गरी फरार रहेका आनन्दलाई प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री