
गृहमन्त्री रामबहादुर थापा मंगलबार चितवनमा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुहुँदै । तस्बिर – नारायण अधिकारी, चितवन, रासस
चितवन, ८ जेठ – गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ ।
हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिनुभएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिनुभएको थियो । उहाँले विप्लव समूहले आफ्नो गतिविधि देखाइरहेको भन्दै रोक्नका लागि के कस्ता काम भइरहेको छ भन्ने विषयमा जानकारी लिनुभएको थियो ।
गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको थियो ।
सो क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो । झण्डै दुईघण्टा चितवनमा बसेपछि मौसम अनुकूल बनेसँगै गृहमन्त्री थापासहितको टोली सुर्खेत प्रस्थान गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार