काठमाडौँ, ७ जेठ – सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताउनुभयो ।
उहाँले पुनः ५८ वर्षे उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताउनुभयो ।
यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझावअनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी ६० वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदमा राखेको थियो ।
‘‘समितिको सुझावअनुसार हामीले ऐनको मस्यौदमा सेवानिवृत्तको उमेर हदबन्दी ६० वर्ष राखेका थियौं,’’ उहाँले भन्नुभयो, ‘‘तर पछि अध्ययनका क्रममा उक्त उमेर व्यावहारिक नहुने भएकाले पुनः पहिल्यकै ५८ वर्ष राख्ने भनेर प्रस्ताव पठाएका छौँ ।’’
अहिले निजामती सेवा ऐन कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा