काठमाडौँ-प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
संवैधानिक परिषद्, संघीय संसद्को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता तथा प्रतिनिधिसभालगायतलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हदका कारण असंवैधानिक ठहर भएर वैशाख १ गते राजीनामा दिएपछि कामु प्रधानन्यायाधीशका रुपमा दीपकराज जोशीले काम गरिहेका छन् ।
नेपालको संविधानको धारा २०८४ को उपधारा (३) बमोजिम प्रधानन्यायाधीशको पद खाली भएको एक महिनाभित्र नयाँ सिफारिश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
न्यायपरिषद् सचिवालयले सर्वोच्चमा तीन वर्ष सेवा गरिसकेका कायममुकायम प्रधानन्यायाधीश जोशी र न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको भए पनि संसदीय सुनुवाइ समिति गठन नभएको हुँदा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा